रवीन्द्र मिश्रसँग एकता गर्नु गल्ती भयो, माफी माग्छु : मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताए ।
पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ । मिश्र समूह सङ्घीयता र धर्म निरपेक्षता खारेजीको पक्षमा उभिएपछि उनले भने, ‘आज दुःखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका छन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो। तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएकाहरुले नयाँ दल दर्ता गरेपछि बधाइ दिँदै विवेकशील आन्दोलनलाई न्याय गर्नेमा विश्वास व्यक्त गरे ।
वैकल्पिक राजनीतिको अभियान र साङ्गठनिक रूपमा पनि छिट्टै भेट हुने पाण्डेले बताए । ‘छिट्टै अभियानमा भेट हुने नै छ। साङ्गठनिक रूपमा पनि छिट्टै नै हामी संगै नै हुनेछौँ । फेरि पनि, तपाईँहरूलाई शुभकामना छ। उज्वल दाइले र हामी सबैले देखेको सपना मर्ने छैन। हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण