शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१२ देखि १७ वर्ष उमेर समूहकाले लगाए फाइजर खोप, तस्बिरमा हेर्नुहोस्

सोमबार, ०६ मङ्सिर २०७८, १२ : ४०
सोमबार, ०६ मङ्सिर २०७८

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरूद्धको खोप लगाउन थालेको छ । काठमाडौं र ललितपुरमा आइतबारदेखि लगाउन थालिएको यो खोप अभियान मंगलबारसम्म जारी रहनेछ । 

 अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप लगाइएको हो । यसअघि १२ वर्षसम्मका दीर्घरोगी बालबालिकालाई लगाएर बढी भएको खोप १७ वर्षसम्मका किशोर किशोरीलाई लगाउन थालिएको हो । 
काठमाडौंको गंगालाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप शाखाले जनाएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप