शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली काँग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत

सोमबार, ०६ मङ्सिर २०७८, ११ : २१
सोमबार, ०६ मङ्सिर २०७८

नेपाली काँग्रेस जाजरकोटले जिल्ला सभापतिको टुङ्गो लगाइसकेको छ । यसअघि कर्णालीका १० जिल्लामध्ये कालिकोटमा मात्र जिल्ला सभापति सर्वसम्मत चयन गरिएको थियो भने जाजरकोटमा पनि सर्वसम्मत सभापति चयन गरिएको छ ।
जाजरकोटमा वेदराज सिंह सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका छन् ।

सह–सचिवमा खडक विसी (पजारु) र छवि पन्त चयन भएका छन् । यसअघि कालिकोटमा अमरबहादुर शाही सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप