सोमबार पनि प्रधानन्यायाधीशले नै तोके पेसी, राजपत्रमा सूचना प्रकाशन नहुँदा गोलाप्रथाको मिति धकेलियो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि पनि पेसी तोकेका छन् । उनले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन् ।
गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन । नियमावली संशोधन राजपत्रमा प्रकाशन भएपनि पुनः फुलकोर्ट बसेर गोलाप्रथा कार्यान्वयनमा लैजाने गरी निर्णय भएको र राजपत्रमा प्रकाशन भएलगत्तै फुलकोर्ट बस्ने प्रवक्ता बाबुराम दाहालले बताए ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार बिहानै कानुन मन्त्रालयमार्फत् संशोधित नियमावली मुद्रण विभागमा पठाएको थियो । तर, मुद्रण विभागले भने सोमबार बिहानसम्म पनि संशोधित नियमावली प्रकाशन गरेको छैन ।
मुद्रण विभागका अनुसार संशोधित नियमावली प्रकाशनको काम अन्तिम चरणमा पुगेको र सोमबार साँझसम्म प्रकाशन हुने तयारीमा छ । विभागले संशोधित नियमावली प्रकाशनमा ल्याएलगत्तै सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले गोलाप्रथा लागू गर्ने दिन तोकेर निर्णय गर्ने र त्यसलगत्तै कार्यान्वयनमा आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार देशीय टी–२० शृङ्खला : नेपालसामु जितका लागि १ सय ५२ रनको लक्ष्य
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता