अफगान महिलालाई टेलिभिजन नाटकमा रोक, यी हुन तालिबानले लगाएका नयाँ प्रतिबन्ध
अफगानिस्तानमा महिलालाई टेलिभिजन नाटकमा अभिनय गर्न प्रतिबन्ध लगाइएको छ । तालिबान सरकारले एउटा नयाँ निर्देशिका जारी गर्दै महिलालाई टेलिभिजन नाटकमा प्रतिबन्ध लगाएको हो । त्यस्तै, महिला पत्रकार र टेलिभिजन प्रस्तोतालाई सम्पूर्ण अनुहार छोप्ने बस्त्र लगाउन निर्देशन दिइएको छ ।
अफगानिस्तान टेलिभिजन च्यानलका लागि जारी गरिएको निर्देशिकामा आठ ओटा नयाँ नियम छन् । जसअनुसार मुसलमानहरूको मूल्य र मान्यताविपरित वा शारिया सिद्धान्तविरोधी फिल्मदेखि कमेडी शृंखला प्रसारणमा रोक लगाइएको छ ।
मुस्लिम धर्म वा आम अफगानिका लागि अपमानित हुने हास्य तथा रमाइला कार्यक्रममाथि पनि प्रतिबन्ध लगाइएको छ । विदेशी सांस्कृतिक मूल्य र मान्यता प्रबद्र्धन हुने चलचित्रलाई प्रतिबन्ध लगाउन तालिबानले जोड दिँदै आएको छ । अफगान टेलिभिजन च्यानलहरुले प्रायः विदेशी नाटक प्रसारण गर्छन् । ती नाटकहरूमा अफगान महिलाहरु मुख्य भूमिकामा देखिन्छन् ।
अफगानिस्तानको पत्रकारहरुको संगठनका सदस्य हुजातुल्लाह मुजाडेडीले नयाँ प्रतिबन्ध अप्रत्यासित भएको प्रतिकृया दिएका छन् । उनले तालिबानले ल्याएका कतिपय नियम अव्यवहारिक भएको र त्यसलाई कार्यान्वयन गरिएमा प्रसारण माध्यम नै बन्द हुने बताएका छन् ।
यसअघि तालिबानले महिलालाई विद्यालय जान रोक लगाएको थियो । देशको आधाभन्दा बढी जनसंख्यालाई विद्यालयमा प्रतिबन्ध लगाउने अफगानिस्तान विश्वकै पहिलो देश हो । सत्ता सम्हालेपछि तालिबानले राजधानी काबुलस्थित महानगरका कर्मचारीलाई बेतलबी बिदामा घरमै बस्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा