शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका आठ जिल्लामा आज काँग्रेस क्षेत्रीय अधिवेशन, कास्कीमा आजै मतदान

सोमबार, ०६ मङ्सिर २०७८, १० : १४
सोमबार, ०६ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज साेमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ ।  गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेकाे छ । 

कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् । केन्द्रमा यी दुवै  नेता रामचन्द्र पौडेल समूहमा छन् । थापाको टिममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरू पनि समेटिएका छन् भने केसीले पुरै आफ्नो मात्रै प्यानल बनाएका छन् ।

कास्की १  सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणि लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४/४ जनाको उम्मेदवारी परेको छ । २ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोषी प्रतिस्पर्धी बनेका छन् । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र काँग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप