गण्डकीका आठ जिल्लामा आज काँग्रेस क्षेत्रीय अधिवेशन, कास्कीमा आजै मतदान
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज साेमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेकाे छ ।
कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुनेछ । अन्य जिल्लामा भने आज मनोनयन कार्यक्रम राखिएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् । केन्द्रमा यी दुवै नेता रामचन्द्र पौडेल समूहमा छन् । थापाको टिममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरू पनि समेटिएका छन् भने केसीले पुरै आफ्नो मात्रै प्यानल बनाएका छन् ।
कास्की १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्रमणि लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४/४ जनाको उम्मेदवारी परेको छ । २ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोषी प्रतिस्पर्धी बनेका छन् । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र काँग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण