शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेट्रो अनलाइन ट्याक्सीद्वारा चालकलाई निःशुल्क दन्त शिविर

सोमबार, ०६ मङ्सिर २०७८, ०९ : ५७
सोमबार, ०६ मङ्सिर २०७८

मेट्रो अनलाइन ट्याक्सीले काठमाडौँका ट्याक्सी चालकहरूका निम्ति ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ । कम्पनीले ‘हाम्रो डेन्टल क्लिनिक’को सहयोगमा शनिबार दन्त शिविर आयोजना गरेको हो ।

सो शिविरमा चालकहरूलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरू समेत निःशुल्क प्रदान गरिएको थियो । शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका सञ्चालक डा. सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरूले परीक्षण तथा सेवा प्रदान गरेका थिए ।

दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरूको दन्त परीक्षण गरिएको थियो । मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले पहिलोपटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिकरुपमा  उपत्यकाभर शिविर सञ्चालन गरिने बताएका छन् ।

मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध गराएको छ । मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरू समावेश छन् । यो नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप