शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ४२ फिल्म प्रदर्शन हुने

सोमबार, ०६ मङ्सिर २०७८, ०९ : ३७
सोमबार, ०६ मङ्सिर २०७८

नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आजबाट सुरु हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्न लागेको महोत्सवमा ९ गतेसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको कारणले यो वर्षपनि भर्चुअल आयोजना गर्न लागिएको हो । महोत्सवमा २४ देशका ४२ वटा फिल्म, वृत्तचित्र, छोटा फिल्मका साथै सबै विधाका फिल्महरू समावेश छन् ।

महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरू पनि राखिएको छ । महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरूमा पनि अन्तरक्रिया हुने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए ।

त्यस्तै, ओटीटीमा नेपाली फिल्म कसरी पुर्‍याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने मानव अधिकार चलचित्र केन्द्रका निर्देशक खत्रीले बताए । महोत्सवमा अन्तर्राष्ट्रिय विधाका फिल्मको प्रदर्शन मात्र गरिनेछ, भने नेपाली विधाका फिल्महरूको भने प्रतिस्पर्धा हुनेछ । जसमा उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनौट गरी पुरस्कार घोषणा गरिनेछ । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिकामा छन् । महोत्सवको सह–आयोजकमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदूतावास रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप