शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्धारा बस तोडफोड

सोमबार, ०६ मङ्सिर २०७८, ०८ : ४२
सोमबार, ०६ मङ्सिर २०७८

सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे  सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासैनीले रातोपाटीलाई जानकारी दिए ।

बसको ठक्करबाट मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ भने बसका चालक फरार भएका छन् । मृतक बस्नेत मेलम्चीमा रहेको मेरो फाइनान्स कम्पनीका कर्मचारी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप