राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु
राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।
जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको हो ।
आजदेखि प्रतिनिधि छान्ने भनेको प्रत्येक प्रदेशस्तरबाट सक्रिय सदस्यबीच हुने निर्वाचनबाट ९–९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधि हो । यसमा खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि चयन हुनेछन् ।
सो पार्टीको महाधिवेशनमा चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ । महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशबाट समेत नेपाल आउने छन् । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण