सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

३१ सय बढी विदेशीलाई देश निकाला

सोमबार, ०६ मङ्सिर २०७८, ०६ : २०
सोमबार, ०६ मङ्सिर २०७८

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।

त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन् । 

विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्यान गुज्रिसकेका र शङ्कास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ । यो वर्ष मात्र भिसा सकिएर बस्ने सयभन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप