सोल्स्कसायर आउट, जिदान इन् ?
शनिबार वाटफोर्डसँग लज्जास्पद हार बेहोरेसँगै म्यानचेस्टर युनाइटेडले ओली गनर सोल्स्कसायरलाई म्यानेजर पदबाट बर्खास्त गरेको छ । क्लबले प्रिमियर लिगमा पछिल्ला ७ मध्ये एक खेलमात्र जित्न सकेको थियो भने शीर्ष स्थानमा रहेको चेल्सीभन्दा १२ अङ्कले पछि सातौँ स्थानमा सीमित बनेको थियो ।
यसअघि, युनाइटेड लिभरपुलसँग र म्यानचेस्टर सिटीसँग पनि पराजित भएको थियो । उनको स्थानमा माइकल क्यारिकलाई अन्तरिम म्यानेजरको जिम्मेवारी दिइएको छ । क्लबकै पूर्व खेलाडी रहेका सोल्स्कसायरले सन् १९९७ देखि २००७ सम्म ११ सिजनमा १२६ गोल गरेका थिए ।
जोसे मोरिन्हो बर्खास्त भएपछि उनी सन् २०१८ को डिसेम्बरमा क्लबको अन्तरिम म्यानेजरको रूपमा भित्रिएका थिए । सन् २०१९ को मार्चमा उनलाई पूर्णकालीन रूपमा ३ वर्षको करार दिइएको थियो । गत जुलाईमा उनले सन् २०२४ सम्मका लागि नयाँ करार गरेका थिए । सर एलेक्स फर्गुसनले सन् २०१३ मा सन्यास लिएपछि उनी क्लबका चौथो म्यानेजर हुन् । उनको स्थानमा रियल म्याड्रिडका पूर्व म्यानेजर जिनेदिन जिदानलाई क्लबमा भित्र्याउने चर्चा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने