प्रधानसेनापतिद्वारा पश्चिम कमाण्ड निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले सुर्खेतस्थित पश्चिम कमाण्ड मुख्यालयको आज निरीक्षण भ्रमण गरेका छन् । निरीक्षणका क्रममा उनले फौज तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमाण्ड अवधारणाको समयसीमा र कार्यान्वयन योजनाका विषयमा जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रदेशसँगको समन्वय तथा सामूहिक तालिम सञ्चालनको अवस्थाका विषयमा पनि जानकारी लिएपछि प्रधानसेनापति शर्माले सकल दर्जालाई सम्बोधन गरेका थिए । भ्रमणका क्रममा महारथी शर्माले कर्णाली प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट र छलफलसमेत गरे ।
प्रधानसेनापति शर्माले सोमबार कालिकोटस्थित शम्शेर गुल्म, हुम्लास्थित बराहदल गुल्म र मुगुस्थित श्रीबक्स गुल्मको निरीक्षण गर्नेछन् । जुम्लास्थित सेनाको नं.२४ बाहिनी अड्डा र डोल्पास्थित रामवाण गुल्मको मङ्गलबार निरीक्षण गर्नुहुने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित