काँग्रेस मुख्यसचिव पौडेललाई मातृशोक, देउवाद्वारा दुःख व्यक्त
आइतबार, ०५ मङ्सिर २०७८, २१ : २८
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । आइतबार काठमाडौंको सामाखुशीस्थित ग्रिनसिटी अस्पताल उपचारका क्रममा मुख्यसचिव पौडेलकी आमा खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा निधन भएको हो ।
आइतबार साझ ६ः ०० बजे पशुपति आर्यघाटमा पौडेलको अन्तिम दाहसंस्कार गरिएको छ । पौडेलको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट देउवाले गहिरो समवेदना प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का