बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु
बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राति भिरमा जिप अड्किएकाले घटनाको यकिन विवरण अझै आउन सकेको छैन । कलुवाड मोडको माथिको सडकबाट खसेको जिप तल्लो सडकसमेत पार गरेर सल्लाको रुखमा अड्किएको थियो । जिपमा ७ जना सवार रहेको प्रारम्भिक जानकारी आए पनि अझै यकिन हुन सकेको छैन । जिप सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी
-
सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबिच प्रायोजन सम्झौता
-
रास्वपाका नेता परियारले भेटे प्रधानमन्त्री
-
सुन वितरणमा हुँदै आएको सिन्डिकेट हटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
-
उपनिर्वाचनको पूर्व सन्ध्यामा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
-
स्मरण शक्तिलाई धारिलो बनाउँछन् यस्ता बानीले