शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको चाहनाअनुसार काम गर्न स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

आइतबार, ०५ मङ्सिर २०७८, २१ : २२
आइतबार, ०५ मङ्सिर २०७८

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्री खतिवडाले मकवानपुर जिल्ला अन्तर्गतका अधिकांश कार्यालयको प्रगतिबारे जानकारी लिँदै विकास निर्माणका योजनालाई तोकिएको समयमा नै पूरा गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यहाँका अधिकांश सरकारी कार्यालयको वस्तुस्थिति र प्रगति तथा जिल्लाको शान्तिसुरक्षाका अवस्थाबारे मन्त्री खतिवडालाई जानकारी गराए ।

सो अवसरमा वाग्मती प्रदेश कार्यालयका प्रमुख सुरेश झाले समाचार सङ्कलन र सम्प्रेषणको काम प्रभावकारी रुपमा भइरहेको जानकारी दिँदै हालसम्म आफ्नै कार्यालय भवन नहुँदा समाचार सङ्कलन र सम्प्रेषणमा समस्या भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप