सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

जसपा बैठक : प्रदीप यादवबारे निर्णय भएन, कार्यदल गठन

आइतबार, ०५ मङ्सिर २०७८, २१ : ०९
आइतबार, ०५ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकले विभागहरूको पूर्णता दिनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा अशोक राई, महेन्द्र राय यादव, नवराज मैनाली, राजेन्द्र श्रेष्ठ र रेणु यादव रहेका छन् । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले कार्यदललाई जतिसक्दो चाँडो आफ्नो प्रतिवेदन बुझाउन निर्देशन पनि दिएको छ ।

त्यसैगर, पार्टी सञ्चालन गरेको सङ्गठन सुदृढीकरण र जनजागरण अभियान (सुज अभियान) को बारेमा पनि बैठकले समीक्षा गरेको छ । चार महिनासम्म चल्ने भनिएको सो सुज अभियान भदौ ९ गतेदेखि सुरु भएको थियो । भदौ १७ गते नै प्रदेश स्तरीय सुज अभियान सकिएको छ । अहिले जिल्ला, पालिका तथा वडा स्तरमा सो अभियान चलिरहेको जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

आजको बैठकमा प्रदेश २ बाहेक सबै प्रदेशबाट सुज अभियानको बारेमा ब्रिफिङ भएको थियो । प्रदेश २ मा प्रदेश कमिटी नरहेको कारणले सुज अभियानको बारेमा कुनै समीक्षा नभएको बैठकमा सहभागी नेताले रातोपाटीलाई जानकारी दिए । प्रदेश २ मा सञ्चालन भएको सुज अभियानबारे प्रतिवेदन तयार गर्न कार्यकारिणी सदस्य विजय यादव, रामबाबु यादव र गोविन्द चौधरीलाई बैठकले जिम्मेवारी दिएको छ । 

आजको बैठकले पार्टीका सांसद प्रदीप यादवको कारबाहीको बारेमा भने कुनै छलफल भएन । सो विषय एजेन्डाको रूपमा भए पनि आज समय अभावको कारण छलफल नभएको हो । पर्सी बस्ने बैठकले त्यसको बारेमा कुनै निर्णय लिने बताइएको छ । मन्त्री नबनेको कारण पार्टी तथा पार्टीका अध्यक्ष उपेन्द्र यादवको विरुद्ध प्रदीप यादवले आन्दोलन गरेको आरोप छ । यसबारे पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पनि उनले दिइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप