सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दिनेशको गोलमा मनाङ विजयी

आइतबार, ०५ मङ्सिर २०७८, १८ : ४८
आइतबार, ०५ मङ्सिर २०७८

डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक "ए" डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । 

मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे । राष्ट्रिय फुटबल टोलीका रक्षक समेत रहेका दिनेशले भारतीय खेलाडी दयानन्द सिंहको कर्नरमा बक्स भित्रबाट हेडिङ गोल गरे । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबर खेलेका थिए । आक्रामक देखिएको मनाङलाई जावलाखेलले दोस्रो हाफमा रोक्ने प्रयास गरे पनि सफल हुन सकेन । 

बाकी समय दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । ४५ मिनेटमा जावलाखेलका सुरज जिउ ठकुरीको कर्नलमा फरवार्ड ओनगुना एनकेन्गुई जुनियर हेडिङ क्रसबारमा लागेर फर्कियो । खेलको ३० मिनेटमा एडेलाजा सोमिडेले पाएको मौका सदुपयोग गर्न सकेनन् । जुन बल आफिज ओलावालेले प्रहार गर्दा अफसाइड हुन पुग्यो । ८९ मिनेटमा अञ्जनको पासमा ओलावालेले बक्सबाट बाहिर प्रहार गरे । 

जितसँगै मनाङले महत्त्वपूर्ण तीन अंक बटुलेको छ   । यता, जावलाखेल भने हार बाट प्रतियोगिता सुरु गरेको छ । ​आजनै भएको पहिलो खेलमा एपीएफ फुटबल क्लबलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।  

ब्रिगेडक लागि दिनेश राईले दुई तथा सुरज गुरुङले  एक गोल गरे ।  एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान एक गोल फर्काए । सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबलाई न्युरोड टिम एन आर टिले चुनौती पेस गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप