बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा 'कब्जा' गर्नेको पक्षमा गृहमन्त्री

आइतबार, ०५ मङ्सिर २०७८, १८ : ४५
आइतबार, ०५ मङ्सिर २०७८

गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले रुपन्देहीको मोतीपुरमा जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिने बताएका छन् । हाल बसिरहेकाहरुलाई जबरजस्ती हटाएर जानुभन्दा औद्योगिक क्षेत्रको जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिनेतर्फ सरकारले सोच्नुपर्ने उनको भनाइ छ । 

 लायन्स आँखा अस्पताल बुटवलको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाणले औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतीपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफू रहेको बताए । 

मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताउँदै प्रमुख जिल्ला अधिकारीलाई सोही अनुसारको व्यवस्था गर्न समेत उनले निर्देशन दिएका छन् । केही महिना पहिले मोतीपुर क्षेत्रका जग्गा अतिक्रमणको  विषयलाई लिएर  गोली चल्दा ४ जना मृत्यु भएको थियो । सो क्षेत्रमा सुकुम्बासीहरुले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बस्दै आएको बताइएको छ । यो ठाउँ गृहमन्त्री खाणको गृहजिल्ला हो । 

खाणले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठप्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट माग्नेहरुबाटै राजधानी अन्तै सार्ने काम भएको आरोप लगाए । 

उनले देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी दावी समेत सो क्रममा गरे । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप