हारजितमा ‘इगो’ नराख्न देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशन तयारीका लागि भइरहेको नेतृत्व छनौटमा भएको हारजितलाई स्वभाविक रुपमा लिएर ‘इगो’ नराख्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै देउवाले भने, ‘पार्टीको अधिवेशन लक्षित तल्लो तहको नेतृत्व छनौटमा अहिले हामी नेता कार्यकर्ता होमिएका छौँ।’ चुनावी मैदानमा हारजीत हुनु स्वाभाविक हो’, हारजितलाई आधार बनाएर दुश्मनीका रुपमा कसैले नहेर्नु होला ।’
देउवाले पार्टीलाई अझ बलियो बनाउन पनि काँग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले गाउँपालिका, जिल्ला, प्रदेश लगायतका क्षेत्रमा पदाधिकारी छनोट सकेसम्म सहमति र त्यसो हुन नसके निर्वाचन प्रक्रियाबाट छानिनु स्वाभाविक भएको पनि बताए ।
९ करोडको लागतमा देवानगञ्ज गाउँपालिकाको ३ वटा हलसहित ३६ कोठे भवन देउवाले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री देउवाले देवानगञ्ज गाउँपालिकाका वडा १ स्थित वीपी कोइराला पार्कको पनि उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण