शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ०५ मङ्सिर २०७८, १७ : ४१
आइतबार, ०५ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ३५३ जनामा गरिएको नमूना परीक्षणमा ३१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३७ महिला र १८ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।  उनका अनुसार कास्की २०, बागलुङ ३, स्याङजा २ पर्वत १, गोरखा १ र तनहुँमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७८६ पुगेको छ । 

गण्डकीमा शनिबार १२ जनामा मात्र संक्रमित देखिएकोमा आज थप ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये पोखरा क्षेत्रका मात्र २० जना रहेका छन् ।  गण्डकीमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०८ पुगेको छ । प्रदेशमा पछिल्लो चौविसै घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार १४९ पुगेको छ भने होम आइसोलेसनमा १९६ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २२९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप