आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : पर्वत ‘क’ मा क्षेत्री र ‘ख’ मा गुरुङ विजयी

आइतबार, ०५ मङ्सिर २०७८, १७ : २०
आइतबार, ०५ मङ्सिर २०७८

पर्वतमा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको प्रदेशसभा क्षेत्रतर्फको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै टुंगिएको छ । पर्वतका दुइ प्रदेशसभा क्षेत्रमा शुक्रबार अधिवेशन सुरु भएको भएपनि आन्तरिक विवादका कारण आइतबार मात्र नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको हो ।  अधिवेशनले दुवै क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको छ । 

एउटा मात्र संसदीय निर्वाचन क्षेत्र र दुइ प्रदेशसभा क्षेत्र रहेको पर्वतमा शनिबार अधिवेशन शुरु भएपनि आएमात्र नेतृत्व मतगणना टुंगिएको हो । जसमध्ये प्रदेशसभा ‘ख’ तर्फको परिणाम शनिबार राती घोषणा भएको थियो भने प्रदेशसभा ‘क’ को परिणाम आइबार घोषणा भएको छ ।  

घोषित परिणामअनुसार क्षेत्र ‘क’ तर्फको सभापति पदमा राजकुमार क्षेत्री विजयी भएका छन् । उनले प्रतिस्पर्धी कृष्णबहादुर खत्री केसीलाई पराजित गरेका हुन् । क्षेत्रीले तीनसय ३० प्राप्त गरेर विजयी  भए भने प्रतिस्पर्धी केसीले २८७ मत पाएका छन । 

उपसभापतिमा जितबहादुर पुन र दुर्गादेवी शर्मा विजयी भएका छन् । सचिवमा तीन जनाको उम्मेदवारी रहेकोमा केशवप्रसाद उपाध्याय र बलबहादुर पुर्जा पुनः विजयी भएका छन् । यस्तै सहसचिवमा टेकनारायण आचार्य र दया सुवेदीले विजयी भएको छन् । 

प्रतिनिधिमा कालीभक्त शर्मा, महेशकुमार शर्मा, रमेश पौडेल, सागर गिरी, सुरेन्द्र केसी, ईश्वरी पाठक, चित्रकला भारती, तुप्लाकुमारी शाक्य, तेजराज बास्तोला, कुलबहादुर पुन, मञ्जु विक, निर्मल विश्वकर्मा, अर्जुनप्रसाद सुवेदी, हेमराज सापकोटा, भगवती पौडेल, टंकप्रसाद शर्मा सुवेदी र उमादेवी कुमाल निर्वाचित भएका मतदान अधिकृत कृष्णप्रसाद शर्माले बताए ।

त्यसैगरी प्रदेशसभाको ‘ख’ क्षत्रेको सभापतिमा प्रविण गुरुङ विजयी भएका छन् । उनले प्रतिस्पर्धी हरि न्यौपानेलाई पराजित गरी विजयी भएका हुन् । गुरुङले ३११ मत प्राप्त गरेर विजयी भएका छन् भने प्रतिस्पर्धी न्यौपानेले  २३३ मत प्राप्त गरेका छन् । 

उपसभापतिमा लक्ष्मीकुमारी शर्मा र गंगाप्रसाद भुसाल निर्वाचित भएका छन् । सचिवमा छविलाल तिवारी र ठाकुर रसाइली विजयी भएका छन । उपसचिवमा निर्मलाकुमारी शर्मा र युवराज भुसाल निर्वाचित भएका छन् ।  प्रदेश क्षेत्र ‘ख’ तर्फबाट प्रतिनिधिमा गिरीराज गौतम, किरणराज तिवारी, मेघमाया गुरुङ, जानकी प्रधान, रिता राना थापा, एकनारायण भुसाल, खिनुप्रसाद आचार्य, एकनारायण न्यौपाने, आनन्दप्रसाद भुसाल, शैलेन्द्र शर्मा गौडेल, राजेन्द्रकुमार श्रेष्ठ, यज्ञबहादुर थापा, यमबहादुर परियार (शिव), टोप बहादुर गुरुङ र तालप्रसाद शर्मा विजयी भएका छन् । 

मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको ४ मत भेटिएपछि विवाद भएर मतगणना स्थगित गरिएको यस क्षेत्रमा सहमति पछि मतगणना गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप