शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकले सुरु गर्‍यो ओम्नी च्यानल डिजिटल बैंकिङ सेवा

आइतबार, ०५ मङ्सिर २०७८, १६ : ५८
आइतबार, ०५ मङ्सिर २०७८

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरबाटै प्रदान गर्ने गरी ज्योति स्मार्ट जेबीबीएल डटकम एनपी वेभसाइट सञ्चालनमा ल्याएको हो । 

बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रबद्र्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको जनाएको छ ।

ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड भएसँगै बैंकका ग्राहकहरुले बैंकका विभिन्न सेवाहरु सम्बन्धी जानकारी, खाताको विस्तृत विवरण, पैसा पठाउने समय एपबाटै तोक्ने, सेल्फ एकाउन्ट लिङ्क, अनलाईन रकम भुक्तानीका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ्ग एप र वेब ब्राउजबाट उठाउन सक्नेछन् ।

त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले सेल्फ रजिष्टार गरि बैंकले प्रदान गरिरहेका विभिन्न सेवाहरु तथा डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी जानकारीसमेत पाउन सक्नेछन् । यो सुविधा नयाँ प्रयोगकर्ताहरूले एपस्टोर अथवा प्ले स्टोरबाट एपलाई डाउनलोड गरि र पुराना प्रयोगकर्ताहरूले एपलाई अपडेट गरि नयाँ सेवाहरुको लाभ लिन सक्नेछन् ।

बैंकले यस स्तरोन्नत्तीसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास लिएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप