भीम रावलले भने, 'मेरो प्यानल छैन, एक्लै लड्ने हो'
आइतबार, ०५ मङ्सिर २०७८, १६ : १६
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १४औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्यानल नरहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रावलले आफू एक्लै चुनाव लड्ने बताएका हुन् ।
सहमति गरेर मात्रै उम्मेदवारी गर्ने भन्ने पार्टीको कुनै निर्णय नभएको भन्दै आफ्नो उम्मेदवारीलाई अस्वभाविक मान्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो ।
जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको अधिकार दिएको भन्दै रावलले उम्मेदवारी घोषणामा कसैले रोक्न नसक्ने पनि धारणा राखे ।
एमालेको विधान महाधिवेशनबाटै प्यानल बनाएर प्रतिस्पर्धा नगर्ने निर्णय भएकाले आफ्नो एक्लो उम्मेदवारी रहेको रावलले स्पष्ट पारे । 'प्रत्येक व्यक्तिले व्यक्तिगतरुपमा चुनाव लड्ने तय भएको छ,' उनले भने, 'मेरो कसैसँग कुनै पदमा कुनै सहमति भएको छैन । कुरा पनि भएको छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण