बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्फिनिटि लघुवित्तले सेयरधनीहरूलाई २९.१६ प्रतिशत लाभांश दिने

आइतबार, ०५ मङ्सिर २०७८, १६ : ०२
आइतबार, ०५ मङ्सिर २०७८

इन्फिनिटि लघुवित्तले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई अधिकतम २९.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांश दिने भएको हो । गत शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

वितरण प्रस्ताव अनुसार लघुवित्तले बोनस सेयर तर्फ कुल ८ करोड ९९ लाख ९ हजार ८१२ रुपैयाँ ७४ पैसा वितरण गर्ने छ भने नगद बोनस तर्फ कुल ४६ लाख ३२ हजार ९५ रुपैयाँ ४१ पैसा खर्च गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप