बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साताको पहिलो दिन नेप्सेमा ११ अंकको गिरावट

आइतबार, ०५ मङ्सिर २०७८, १६ : ००
आइतबार, ०५ मङ्सिर २०७८

सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन नै ११ अंकको गिरावट आएको छ । गतसाता ८० अंकले वृद्धि हुँदै २७ सय ६९ विन्दुमा उक्लिएको नेप्सेमा यस साताको पहिलो दिन अर्थात् आइतबार पुनः ११ अंकमाथिको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । यस्तै यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ७५ अंकले घट्दै ५१८ दशमलव २५ विन्दुमा झरेको छ । 

यस दिन हाइड्रोपावर र म्यानु एण्ड प्रो बाहेक सबै उपसमूहहरु ऋणात्मक भएका हुँदा जम्मा ४ अर्ब ३५ करोड ७३ करोडको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र मानुसी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरूले ४.२१ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप