शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माणसँग प्रविशाले कसिन् लगनगाँठो

आइतबार, ०५ मङ्सिर २०७८, १४ : ५०
आइतबार, ०५ मङ्सिर २०७८

गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्माण सिटौलासँग आज (आइतबार) लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ ।

निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् । प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि झापामै भएको थियो ।

प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप