नीतिकथा : अतिले गराएको खती
धेरै पहिलेको कुरा हो । एकपटक एउटा स्याल निकै थलियो । कुकुरलाई झम्टँदा लडेर शरीरमा लागेको चोट निको हुनै हप्तौं लाग्यो । बिस्तारै शरीरको घाउ त निको भयो तर भोकको घाउ किन निको हुन्थ्यो र । जति दिन बित्दै जान्थ्यो त्यति नै भोक पनि बढ्दै जान्थ्यो । आहार खोज्न जान खोज्थ्यो तर सक्दैनथ्यो । शरीर दुब्लो पातलो थियो । लामो समयदेखि खान नपाएकाले कमजोर पनि त्यति नै तर यसरी कति दिन चल्थ्यो र ।
उसका निम्ति कि भोकभोकै मर्नुपर्ने थियो कि आहार खोज्न जानैपर्थ्यो । जङ्गलका जनावरलाई कसैले पनि कठैबरा भन्दैनन्, आहार ल्याएर दिँदैनन् । न आहार आफैँ आएर उनीहरूका मुखमा पसिदिन्छन् । सुतेका सिंहका मुखमा मृगहरू आफैँ आएर पस्दैनन् भन्ने त नीतिमै उल्लेख छ– ‘नहिसुप्तस्य सिंहस्य प्रविसन्ति मुखे मृगाः ।’
भनाइको मतलब जङ्गली जनावरहरूले आफ्नो आहार आफैँले जुटाउनुपर्छ । जमिन छुनासाथ सुरूभएको उनीहरूको यो क्रम जमिन छाड्ने बेलासम्म जारी रहन्छ । यसमा ऊ मात्र अपवादमा पर्ने कुरा थिएन, परेन । भोक जोरले लागेको छ, खाने चीज छैन । त्यसैले एकदिन ऊ सकिनसकी आहार खोज्न निक्स्यो तर भन्ने बित्तिकै कहाँ पाइन्थ्यो र । कति दौड लगाउनुपर्छ । यदाकदा मुख आएको आहार पनि फुत्किन्छ र पुनः त्योभन्दा कडा दौड लगाउनुपर्ने हुन्छ ।
आशाको भन्ने कुरा पनि विचित्रकै हुँदोरहेछ । यसैको त्यान्द्रोमा संसार अडेको छ । दुनियाँ यसैका पछि लागेका छन्, आज नभए पनि भोलि भनेका छन्, अघि बढेका छन् । स्याललाई पनि यस्तै भयो । ऊ सकिनसकी अघि बढ्यो, बढ्दै गयो । केही पर के पुगेको थियो एउटा रुखमा काग बसेको देख्यो, जसले चुचोमा एउटा रोटी च्यापेको थियो । स्यालले सोच्यो– कुनै तरिकाले त्यो रोटी फुत्काउन पाए आजको छाक टर्ने थियो तर फुत्काउने पो कसरी ? ऊ रुखमा छ आफू भुईँमा । ऊ उड्न सक्छ आफू कुद्नसम्म नसक्ने भएको छु ।
सोच्दै जाँदा उसको मनमा एउटा जुक्ति फु-यो र कागको प्रशंसा गर्दै भन्यो–
‘हे आकाशका प्राणी ! मेरो सादर अभिवादन स्वीकार्नुहोस् । तपाईँजस्तो सुन्दर प्राणी आजसम्म देखेकै थिइन । भाग्यले गर्दा आज देखेँ । एकाबिहानै तपाईँ जस्तो सुन्दर प्राणीको दर्शन पाएर धन्य भएको छु ।’
आफ्नो प्रशंसा सुनेर कागले दङ्ग पर्दै तलतिर हे¥यो । कुनै अपरिचित प्राणी रुखको फेदमा बसेर आफैँलाई हेरिरहेको रहेछ । आफ्नो प्रशंसा सुनेर उसलाई पनि स्यालको प्रशंसा गर्न मन लाग्यो । आफ्नो प्रशंसा गर्नेको कसले प्रशंसा गर्दैन र । उँटको रूपको प्रशंसा गर्ने गधाले पनि उँटको तर्फबाट स्वरको प्रशंसा पाइरहेको हुन्छ तर त्यतातिर लाग्ने अवस्था थिएन । अन्यथा मुखको रोटी खस्न सक्थ्यो । त्यसैले उसले चाहेर पनि स्यालको प्रशंसा गर्न सकेन र सुन्यासुन्यै ग-यो तर स्याल पनि हार्ने मान्ने खाले प्राणी थिएन । उसलाई जसरी पनि रोटी फुत्काउनु थियो । त्यसैले थप प्रशंसाको पुल बाँद्धै भन्यो–
‘हे प्रकृतिका दुर्लभ प्राणी ! मलाई सुन्नुभएन ? तपाईँकै कुरा गर्दैछु । साँच्चै तपाईँ राम्रो हुनुहुन्छ । मैले अहिलेसम्म तपाईँजस्तो सुन्दर प्राणी देखेकै थिइन । मुख हेरे त्यस्तै, खुट्टा हेरे त्यस्तै त्यस्तै, रूप हेरे त्यस्तै र वर्ण हेरे झन् त्यस्तै । तपाईँ त कति भाग्यमानी हगि ?’
कागले यस अघि यति बढी प्रशंसा कहिल्यै पाएको थिएन । प्रशंसा छाडौँ वास्ता नै गर्दैन थिए । अझ कति त देख्नासाथ शुभबोल भन्दै धपाउनसमेत बाँकी राख्दैनथे । आज अपरिचित प्राणीको मुखबाट प्रशंसा पाउँदा मनमनै मख्ख प¥यो । साँच्चै म राम्रै रहेछु र त उसले यति बढी प्रशंसा गरिरहेको छ । नत्र किन गथ्र्यो होला र । आखिर मैले चिनेको पनि छैन र प्रशंसा गरिदेऊ भनेको पनि छैन । यस्तै यस्तै सोच्यो बोल्ने आँट भने फेरि पनि गरेन ।
अझै कागले मुख नखोलेपछि स्यालले थप जुक्ति निकाल्दै भन्यो–
‘हे वन्य प्राणी ! तपाईँलाई मेरो कुरामा विश्वास लागेन ? मैले त्यत्तिकै भनेको होइन । हो म अपरिचित छु तर तपाईँको रूप र लावण्यले यति मोहित हुन पुगेको छु कि प्रशंसा नगरी बस्नै नसक्ने भएको छु । रूप नै यति राम्रो छ भने स्वर कति राम्रो होला । म जस्तो तुच्छ प्राणीलाई दर्शन दिएर यसै पनि तृप्त पार्नुभएको छ । एउटा गीत पनि सुनाइदिनुभए थप तृप्त हुने थिएँ ।’
अब भने काग पनि मौन रहन सकेन । आफ्नो प्रशंसा सुन्दासुन्दा यति बढी मोहित मोहित भयो कि आफैँलाई समेत बिर्सियो । अति केही राम्रो हुँदैन । चाहे प्रशंसा होस् चाहे घृणा हमेशा अतिकोे नतीजा खति नै हुन्छ । कागलाई पनि त्यस्तै भयो । अति प्रशंसाले काग अन्धो बन्यो र स्याललाई सम्बोधन गर्दै भन्यो–
‘मित्रवर ! स्वर खासै राम्रो त छैन । तैपनि सुन्न चाहनुहुन्छ भने कुन ठूलो कुरा भयो र । तपाईँको ईच्छा अवश्य पूरा हुनेछ ।’
यति भनेर काग क्याँक्या गर्न लाग्यो तर बिडम्बना त्यही भयो जुन स्यालले चाहेको थियो । उसले क्याँ गर्न मुख आँ के गरेको थियो आफ्नो मुखको रोटी खसेर स्यालको मुखमा प¥यो । त्यसपछि स्यालले रोटी बोकेर सुइँकुच्चा ठोक्यो । बिचरा काग हेरेको हे-यै भयो । स्यालको चिल्लो कुराको पछि लाग्दा उसले आफ्नै मुखको आहारा गुमाउनुप-यो । चिप्लो कुरामा लोभिनेको अवस्था जहाँ पनि यस्तै हुन्छ । भनाइ नै छ नि रोटी चिल्लो मीठो, कुरा खस्रो मीठो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल