बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा ट्याक्टर दुर्घटना : एक जनाको अवस्था गम्भीर

आइतबार, ०५ मङ्सिर २०७८, १४ : ३२
आइतबार, ०५ मङ्सिर २०७८

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार दिउँसो अमरगढी नगरपालिका–२ आइतबार नजिक ट्याक्टर दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९ ६२ नम्बरको सिमेन्ट बोकेको ट्याक्टर दुर्घटना भएको डडेल्धुराका प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।

‘सिमेन्ट लोड बढी भएर दुर्घटना भएको अनुमान गरिएको छ। मोडमा ट्याक्टर पल्टिएको हो,’ उनले भने।  घाइते सात जनामध्ये एकको अवस्था गम्भीर रहेको उनको भनाइ छ। घाइते सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप