शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’

आइतबार, ०५ मङ्सिर २०७८, १४ : १२
आइतबार, ०५ मङ्सिर २०७८

आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।

अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ ।  यसै फिल्म मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दैछन् । फिल्ममा मोहना सिंह पनि एक महत्वपुर्ण भूमिकामा देखिँदैछिन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप