ad
x

दाङमा लागुऔषधसहित ४ जना पक्राउ

person explore access_timeमंसिर ५, २०७८ chat_bubble_outline0

दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।


पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका १९ वर्षीय छोरा रोहन श्रेष्ठ, वडा नम्बर ६ बस्ने  ५ वर्षीय धीरज बुढाथोकी र बबई गाउँपालिका–४ घर भएका २० वर्षीय प्रख्यात शाह रहेका छन् । प्रहरीले सुशीला र उनका छोराको साथबाट १९ ग्राम ७ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ थान डिजिटल तराजु, २ थान झिलझिले कागज, ४३ हजार २ सय ७५ रुपैयाँ नगद र ६ थान मोबाइल बरामद गरेको छ ।



उनीहरुलाई लागूऔषध ब्राउनसुगर बिक्रीका लागि पुरिया बनाइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  त्यस्तै बुढाथोकी र शाहको साथबाट ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X