शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘किड्स अफ द इयर इन्टरनेशनल’ का लागि ४० प्रतियोगी छनौट

आइतबार, ०५ मङ्सिर २०७८, १३ : २९
आइतबार, ०५ मङ्सिर २०७८

‘किड्स अफ द इयर इन्टरनेशनल नेपाल २०२१’ का लागि ४० प्रतियोगी छानिएका छन् । शनिबार बनेपास्थित लिटिल स्टार फन पार्क विथ फ्यामिली क्याफेमा आयोजित छनौट चरणको अडिसनमा करिब ९० बढी सहभागीले अडिसन दिएका थिए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उदेश्यले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्दै आएको प्रतियोगिताको यो तेस्रो संस्करण हो । ७ बर्षदेखि १३ बर्ष सम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहने प्रतियोगिताको अडिसनबाट छानिएका प्रतियोगी अब प्रशिक्षणमा जुट्नेछन् । प्रशिक्षणको क्रममा उनले व्यक्तित्व विकास, नृत्य तथा अभिनय प्रशिक्षण, ड्रेस सेन्स लगायत विभिन्न प्रशिक्षण लिनसक्ने आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल, कोरियोग्राफर राज फैजुले बताए ।

फैजुकै कोरियोग्रफी रहने प्रतियोगितामा श्रीषा बैदार फैजुले प्रतियोगीको ड्रेस डिजाइन तयार गर्नेछिन् । शीर्षसहित विभिन्न उप–विजेता समेत प्रतियोगिताको विजेताले इन्डोनेसियाको बालीमा आयोजना हुने ‘किड्स अफ द इयर इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । यसको अलवा विजेताले विभिन्न उपहारसमेत प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप