संसदीय सुनुवाई समितिको बैठक स्थगित
भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाई समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । आइतबार सिंहदरबारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी मंसिर १७ गते बस्नेगरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आगामी मंसिर १७ गते बस्नेगरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उनले एमाले र काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे । सभापति कर्णले भने, ‘आजको बैठक कोरम पुगेन । त्यसकारण विभिन्न कारणले होला ।
महाधिवेशन चलिराख्या छ अहिले एमालेको । उहाँहरु केही आउनुभयो, केही आउन सक्नुभएन । नेपाली काँग्रेसको पनि गाउँ/जिल्ला अधिवेशनहरू चलेको छ । उहाँहरु पनि आउनुभएन । आउँछु भन्ने मान्छेहरु पनि आएनन् । हामीले कमसेकम कोरम पुग्छ भनेर बैठक राखेका छौं तर त्यो भएन । नहुँदाखेरी अव एमालेको बीचमा फेरि महाधिवेशन छ । त्यसपछि आइपिओमा जाने माननीयज्यूहरु पनि परेका छन । त्यसकारण अहिले मोटामोटी १७ गते अर्को बैठक गर्ने भन्ने टेन्टेटिभ तोकेका छौं ।’
गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा.शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतहरुको सुनुवाइका लागि आजको बैठक बोलाइएको थियो ।
संसदीय सुनुवाई समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनु परेको पनि समितिका सभापति कर्णले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण