सुदिपको ‘एक बचन बोल्दैमा’ मा उषा
आइतबार, ०५ मङ्सिर २०७८, १२ : ३८
गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, संगीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।
भिडियोमा उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । राम केसीले छायाङ्कन, टेकेन्द्र शाहको निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको हो । एक दशकदेखि जापानमा बस्दै आएका गायक थकालीले यस अगाडि ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’ गीत सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी