बारको आन्दोलन कायमै, आइतबार बन्दीबाहेकका अन्य मुद्दामा सुनुवाइ नहुने
न्यायपालिका शुद्धीकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेको छ । न्यायाधीश तथा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटको भित्रपट्टि कानून व्यवसायीहरुले आन्दोलन र नाराबाजी गरेका हुन् ।
धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने बताए । उनले भने, ‘यो आन्दोलन कुनै व्यक्तिप्रति लक्षित होइन । तर अहिलेकै प्रधानन्यायाधीश भएसम्म न्यायपालिकाको शुद्धीकरण र विसंगतिको अन्त्य सम्भव छैन । त्यसकारण पनि वर्तमान प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म हामी यो आन्दोलन जारी राख्नेछौँ ।’
यसैबीच शुक्रबार नै नेपाल बार एशोसिएसनले आइतबारका लागि बन्दी प्रत्यक्षीकरण बाहेक अन्य कुनैपनि मुद्दा नहेर्ने निर्णय गरेको थियो । जसका कारण आज देशभरका सबै अदालतमा बन्दीको मुद्दामा मात्रै कानून व्यवसायीले बहस गर्ने भएका छन् । प्रधानन्यायाधीश विरुद्धको आन्दोलनमा झनै शसक्त बनाएर लैजाने चेतावनी दिएको बारले यस साताभरी नै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण