शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनताको हितविपरीतका जुनसुकै निर्णय फिर्ता हुनुपर्छ : माधव नेपाल

आइतबार, ०५ मङ्सिर २०७८, ११ : ३३
आइतबार, ०५ मङ्सिर २०७८

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका छन् । उनले जनजीविकाका सवालमा सरकार गम्भीर बन्नुपर्ने समेत  बताएका छन् ।

नेता नेपालले आइतबार बिहान ६ विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै पेट्रोलियम पदार्थजस्तो जनतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा गरेको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरे । उनले हाल उद्योग मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेको भन्दै आयल निगमले जनताको ढाड सेक्न गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सरकार गम्भीर हुन नसकेको बताए ।

‘यसमा सरकार गम्भीर हुन जरुरी छ । म सत्ता साझेदार दलहरूसँग पनि छलफल गर्छु र उचित निकासका लागि आफ्नो तर्फबाट पहल हुने नै छ’, अध्यक्ष नेपालको भनाइ उधृत गर्दै समाजवादी विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले रातोपाटीसँग भने, ‘जनताको हित विपरित भएका जुनसुकै निर्णय फिर्ता लिनुपर्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप