मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।
‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो । त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक ‘मिस वर्ल्ड’ को ताज नेपाल ल्याउने आफ्नो लक्ष्य रहेको बताइन् । ताजका लागि भोटिङदेखि हरेक पाइलामा सबैको साथको अपेक्षा आफुले गरेको उनले सुनाइन् ।
मिस वर्ल्डका लागि नम्रताले दुई भिडियोसमेत तयार पारेकी छन् । एक भिडियोमा उनको परिचय रहेको छ भने दोस्रोमा ब्युटी विथ पर्पस विधाका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको जानकारी छ । दुबै भिडियोले आफुलाई उपाधि जित्न सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरेकी छन् ।
त्यसको अलवा उनले नेपालको कला संस्कृति झल्कने पहिरन समेत त्यहाँ प्रस्तुत गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)
-
संयुक्त राष्ट्रसङ्घका आणविक प्रमुख तेहरानमा
-
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)