आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने
आइतबार, ०५ मङ्सिर २०७८, १० : ४९
आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको फाइजर खोप दिन थालिएको छ । काठमाडौं र ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोप बालबालिकालाई दिन सुरु गरिएको हो ।
हिजोसम्म १२ वर्षमाथिका दीर्घरोगलाई खोप दिइएको थियो । आजदेखि मंगलबारसम्म १२ देखि १७ वर्ष उमेर समूहका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय गरेको परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाले जनाएको छ ।
मौज्दात रहेको खोप करिब २८ सय बालबालिकालाई दिइने छ । सरकारले दीर्घ रोगीलाई खोप लगाएर बचत भएपछि स्वस्थ बालबालिकालाई खोप दिने निर्णय गरेको हो । फाइजर खोप पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने खोप शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण