शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

आइतबार, ०५ मङ्सिर २०७८, १० : ४४
आइतबार, ०५ मङ्सिर २०७८

संसदीय सुनुवाई समितिले भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । आइतबार बिहान ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतहरुको उजुरी खोल्ने तथा उनीहरुका कार्ययोजना वितरण गर्ने समितिले जनाएको छ ।

आइतबारै तीनवटा बैठक राखेको समितिले पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा दुवै देशका लागि प्रस्तावित व्यक्तिहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले केही समयअघि भारतका लागि शंकर शर्मा र अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप