शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस प्रदेशसभा निर्वाचन : सुर्खेतमा महामन्त्री खड्काकै वर्चश्व !

आइतबार, ०५ मङ्सिर २०७८, १० : ३३
आइतबार, ०५ मङ्सिर २०७८

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा चारवटै निर्वाचन क्षेत्रको प्रदेशसभा अधिवेशन सकिएको छ । चारवटै क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले जितेको छ । यसअघि पालिकाको अधिवेशनमा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पछि पारेको देउवा पक्षले प्रदेशसभाको निर्वाचनमा पनि पछि पारेको हो ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा, (ख) मा तेजबहादुर बस्नेत सभापति बनेका छन् ।   उनी बराहताल गाउँपालिकाका अध्यक्ष पनि हुन् । सुर्खेतमा संस्थापन पक्षका नेता काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र इत्तर पक्षका नेता हृदयराम थानीबीच प्रतिस्पर्धा हुने गरेको छ ।

यसपटक पालिका र प्रदेशसभा निर्वाचनमा थानी पक्ष कमजोर देखिएको छ । केन्द्रमा महामन्त्री खड्का सभापति शेरबहादुर देउवा र थानी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप