शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काँग्रेसको प्रदेशसभा अधिवेशन : कैलालीमा देउवा पक्षको ‘क्लिन स्विप’

आइतबार, ०५ मङ्सिर २०७८, १० : ०९
आइतबार, ०५ मङ्सिर २०७८

कैलालीका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संस्थापन पक्ष निकट उम्मेदवार सभापति विजयी भएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको हो ।

शुक्रबारबाट शुरु भएको काँग्रेस प्रदेश सभा अविधेशनमा १० वटै प्रदेश सभामा देउवा पक्षका सभापति विजयी भएका हुन् । कैलालीको प्रदेश सभा क्षेत्र नं १ को (क) बाट परशुराम महतो (कठरिया) र (ख) बाट बलिराम चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्  ।

क्षेत्र नम्बर २ को (क) बाट भीम जैसी र (ख) बाट तेज प्रकाश मल्ल सभापतिमा विजयी भएको प्रचार–प्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए । 

यस्तै क्षेत्र नं ३ को (क) बाट रामप्रसाद चौधरी र (ख) बाट कमलराज चौधरी सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नं ४ को (क) बाट काशिराम शर्मा र (ख) बाट गोपाल दत्त भट्ट सभापतिमा निर्वाचित भएको सुनारले बताए । 

त्यस्तै क्षेत्र नं ५ को (क) बाट सीताराम राना र (ख) बाट केशव जोशी सभापतिमा निर्वाचित भएका छन् । काँग्रेसको ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि आज मनोनयन दर्ता गर्ने र १० गते हुने जिल्ला अधिवेशनका लागि मंसिर ९ गते मनोनयन दर्ता गरिने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप