बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपाको कार्यकारिणी समितिको बैठक आज, यादवमाथि कारबाहीबारे टुङ्गो लगाइने

आइतबार, ०५ मङ्सिर २०७८, १० : ०२
आइतबार, ०५ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपालको आज कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल हुने बताइएको छ । कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र आज बस्ने बैठकले त्यसलाई टुङ्गो लगाउने बताए । उनले भने, 'प्रदीपजीले स्पष्टीकरण बुझाइसक्नु भएको छ, यसबारे आज टुङ्गो लगाइनेछ ।'

जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीविरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको छ । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो ।

स्रोतका अनुसार जवाफमा यादवले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गरेका छन् । यादवले आफू कुनै पनि आन्दोलन नगराएको तथा पार्टीको पद्धति र प्रक्रियामा रहेर काम गरिरहेको दाबी गरेका छन् । पार्टीका अन्य कुनै पनि नेता तथा कार्यकर्ताले कसैको नाम लिएर आन्दोलन गरे त्यसको जिम्मेवार आफू नहुने पनि उनले जवाफमा लेखेका छन् छ । पार्टीको अनुशासनविपरित आफूले कुनै पनि कार्य नगरेको, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने लगायतका कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको पनि यादवले दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप