तेस्रो चरणको आन्दोलनका लागि जनमत पार्टीको बैठक बस्दै

तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्नका लागि सिके राउत नेतृत्वको जनमत पार्टीको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । जनकपुरमा आज बस्न लागेको सो बैठकमा दुई चरणमा सम्पन्न आन्दोलनको कार्यक्रमको समीक्षा, पालिका तहमा भएका अधिवेशनको रिपोर्टिङ र तेस्रो चरणका आन्दोलनको कार्यक्रम बारे समीक्षा हुने सो जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुशवाहमाथि जनमत पार्टीका कार्यकर्ताले कात्तिक ४ गते गरेको दुर्व्यवहारमा संलग्न कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको विरुद्धमा जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । दोस्रो चरणको आन्दोलन गरिरहँदा थुनामा रहेका उनका कार्यकर्तालाई प्रहरीले रिहा गरिसकेको छ । आफ्ना कार्यकर्ता रिहा भइसकेपछि अब कस्तो खालको आन्दोलनका कार्यक्रम गर्ने त्यस विषयमा आजको बैठकले तय गर्ने गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
सरकारले किन खारेज गर्यो नागरिक एप निर्देशिका ?
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन