नेपाल बारको आन्दोलन : देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नहुने
नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकमा मुद्दामा बहस पैरवी नगर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत एसोसिएसनले तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि आन्दोलनलाई देशव्यापी बनाएको हो । प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको एसोसिएसनले यसअघि प्रधानन्यायाधीश जबराले पेस गरेको वार्ताको प्रस्तावलाई समेत अस्वीकार गरिसकेको छ ।
एसोसिएसन गत १४ कार्तिकदेखि आन्दोलनरत रहेको छ । त्यसयता उनीहरूले निरन्तर सर्वोच्च परिसरमा धर्ना र विरोध प्रदर्शन गर्दै आइरहेका छन् । पछिल्ला केही दिनमा प्रहरी र कानुन व्यवसायीबीच झडप समेत भएको छ । उता, सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट बैठकले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका पारित गरेको थियो । योसँगै आइतबारदेखि नियमित इजलास बस्ने तयारी गरिएको छ । यद्यपि, न्यायाधीशहरूले पनि एसोसिएसन र प्रधानन्यायाधीश जबराबीच सहमति नभएसम्म उनीसँग बेञ्च सेयरिङ नगर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण