शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सांस्कृतिक सङ्घका अध्यक्ष थापाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

आइतबार, ०५ मङ्सिर २०७८, ०९ : १७
आइतबार, ०५ मङ्सिर २०७८

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लमजुङ निवासी थापाले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने रातोपाटीलाई बताए । त्यसका लागि उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।

मंसिर ६ गते हुन लागेको काँग्रेस लमजुङको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अध्यक्ष थापाले उम्मेदवारी दिएका हुन् । करिब १५ वर्ष सांस्कृतिक संघको नेतृत्व सम्हालेका थापा १४ औं महाधिवेशनमा पार्टी राजनीतिमा प्रवेश गर्ने तयारीमा छन् ।

लमजुङ हाई स्कूल गाउँशहरमा कक्षा ७ मा पढ्दादेखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा संक्रिय थिए । उनले २०४८ सालमा काँग्रेसको क्रियाशिल सदस्यता लिएका थिए । थापाले पार्टीभित्रको दास प्रथाको अन्त्यका लागि आफूले केन्द्रीय सदस्यको उम्मेदवार बन्न लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप