निरज शाहीलाई कार्यवाहक आईजीपीको जिम्मेवारी
कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरज शाहीलाई दिइएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की जानुअघि शाहीलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
आइतबार आईजीपी थापासँगै एआईजी प्रधुम्न कार्की र एसपी सविन प्रधान टर्कीको इस्तानवुल प्रस्थान गरेका छन् । यसअघि कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी ‘कनिष्ठ’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई दिने तयारी गरिएको थियो । तर, वरिष्ठ एआईजीहरु हुँदाहुँदै कनिष्ठलाई जिम्मेवारी दिन खोजेपछि विवाद भएको थियो ।
विश्वराजलाई कार्यवाहकको जिम्मेवारी बुझाएर जान गृहमन्त्री बालकृष्ण खाणले आईजीपी क्षेत्रीलाई दवाव दिएका छन् । यसअघि कार्तिक २६ मा भारतको हैदरावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)को दिक्षान्त समारोहमा जाँदा पनि आईजीपी क्षेत्रीले दुईजना बरिष्ठ एआईजी हुँदाहुँदै प्रधुम्न कार्कीलाई जिम्मेवारी दिएका थिए ।
चेन अफ कमाण्डलाई लत्याएर कार्की जिम्मेवारी दिएको भन्दै हरि बहादुर पाल र निरज बहादुर शाही असन्तुष्टि जनाउँदै विदामा बसेका थिए । भारत जाँदा पनि ‘सेकेन्ड इन कमाण्ड’मा रहेका हरि बहादुर पाललाई चार्ज नबुझाउन गृहमन्त्री खाँणले दवाव दिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
शाहीलाई कार्यवाहक तोकिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण