काँग्रेस अधिवेशन : भक्तपुरका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभाको अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका २ वटा निर्वाचन क्षेत्रका चार प्रदेश निर्वाचन क्षेत्रमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचन क्षेत्र न. १ प्रदेश सभा (क) को सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन् भने उप सभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने विजयी भए ।
सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा संजिव पुरी र सरिता थापा निर्वाचित भएको काँग्रेस भक्तपुरले जनाएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख)मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित भएका छन् ।
उप सभापतिमा राम कुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सृजना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र २ (क) प्रदेश निर्वाचन क्षेत्रका सभापतिमा प्रदिप कार्की निर्वाचित भएका हुन् । सो प्रदेश सभाको उपसभापतिमा शशिकुमार न्यौपाने र भगवान खत्री निर्वाचित भए । सचिवमा राजाराम थापा र सुशीला ढुंगेल र सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका काँग्रेस भक्तपुरले जानकारी दिएको छ ।
निर्वाचन क्षेत्र २ न. (ख) प्रदेश सभामा ओम प्रकाश श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन् । सो प्रदेश सभाको उपसभापतिमा बच्चु कैलाश बुढाथोकी र राजेन्द्र चक्रधर निर्वाचित भए । सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी