सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा चेल्सीको पकड बलियो

शनिबार, ०४ मङ्सिर २०७८, २० : ३३
शनिबार, ०४ मङ्सिर २०७८

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा पराजित गर्दै शीर्ष स्थानमा पकड बलियो बनाएको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सी ३-० गोलले पराजित गरेको हो ।

एन्टोनियो रुडिगरले लेस्टरबिरुद्ध गोल गर्ने शृङ्खलालाई जारी राख्दै खेलको १४ औँ मिनेटमा नै चेल्सीलाई अग्रता दिलाए । सन् २०१९-२० सिजन यता रुडिगरले ५ गोल गरेका छन् यसमध्ये चार गोल उनको लेस्टर विरुद्ध रहेको छ । २८ औँ मिनेटमा लेस्टरकै पूर्व खेलाडी एनगोलो कान्टेले टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा क्रिस्टियन पुलिसिचले हाकिम जियेचको पासमा गोल गर्दै चेल्सीको जीत सुनिश्चित गरे । १२ खेलबाट चेल्सीको २९ अङ्क रहेको छ । शीर्ष स्थानमा उसको ६ अङ्कको अग्रता रहेको छ । यद्यपि, सिटी र वेस्ट ह्यामले एक एक खेल कम खेलेका छन् । लेस्टर १५ अंकसहित लिगको १२ औँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप