उदयपुरमा डुबेर युवकको मृत्यु
शनिबार, ०४ मङ्सिर २०७८, २० : २९

जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर देवधारखोलामा स्काभेटरले बालुवा उत्खनन गर्दा खनेर कृत्रिम दह बनाएको ठाउँमा पौडी खेल्दा डुबेर अचानक बेहोस भएका थिए । उनलाई तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।