धनुषामा माओवादीको १ सय ५० वडामा अधिवेशन सम्पन्न
शनिबार, ०४ मङ्सिर २०७८, २० : ०६
नेकपा माओवादी केन्द्र धनुषाको १ सय ५० वटा वडामा अधिवेशन सम्पन्न भएको छ । बाँकी वडाहरूको अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ । माओवादी केन्द्रले केन्द्रीय महाधिवेशनको तयारी स्वरूप देशैभरी शनिबार वडा अधिवेशन भएको छ ।
जस अन्तर्गत धनुषाको १८ वटा पालिकाहरू मध्ये १४ वटा पालिकाको वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए । उनका अनुसार ४ वटा पालिकामा बाँकी रहेको पालिकाको वडा अधिवेशन आइतबार सम्पन्न गर्ने तयारी गरिएको छ ।
आन्तरिक विवाद, तयारी पूरा नभएको लगायतका कारणले लक्ष्मिनिया गाउँपालिका, धनौजी गाउँपालिका र नगराइन नगरपालिकामा भने वडा अधिवेशन हुन सकेन । जनकपुरधाम उपमहानगरपालिकाको १७ वटा वडामा अधिवेशन हुन नसकेको संयोजक यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती